काठमाडौं, ३० भदौ । राजधानीमा शुक्रबार हुन गइरहेको नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनावलाई यूनाईटेड ईन्जिनियर्स प्यानलले धाँधलीरहित गराउन निर्वाचन आयोगलाई सुझाव दिएको छ ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा यूनाईटेड ईन्जिनियर्स प्यानलले पत्रकार सम्मेलन गरेर नेपाल ईन्जिनियर्स एसोसिएसनको चुनाव धाधलीरहित सम्पन्न गर्न निर्वाचन आयोगलाई सुझाव दिएको हो ।
अध्यक्षका उम्मेदवार डा.लक्ष्मी देवकोटाले नेपाल विधार्थी संघ र महिला संघको चुनाव विद्युतीय मेसिनबाट गर्ने तर आफ्नो संघको चुनाव चाँही पुरानो प्रविधि अथवा कार्डको प्रयोग गरेर गर्नुपर्ने कारण आफूले बुझ्न नसकेको बताए ।
उनले भने, ‘पारदर्शीतादेखि डराउनेहरूले मेसिनबाट मात्रै होइन ईनरनेटको माध्यायमबाट चुनाव हुनुपर्छ भन्ने हाम्रो मागलाई के सुन्थे, अर्को तर्फ फर्जिमतको झोला बोकेर हिड्ने जस्तो लाज मर्दो इज्जत भएका साथीहरूले कब्जा गर्ने तरिकाले चुनावमा आफ्नो विजय सुनिश्चित गराउने काममा लागेका छन् यो कार्य कदापि स्वीकार्य छैन् यसमा निर्वाचन आयोगले ध्यान दिनुपर्छ ।’
उनले ‘फर्जी कार्ड बनाएर चुनाव जित्ने सपना देखेका साथीहरूले विदेशमा रहेका साथीहरू समेत नामका कार्ड बनाएर गैर मतदातालाई बाडेका छन्, यो कार्य हाम्रो लागि मात्रै होईन समृद्ध समाजको मार्गमा लागिपरेका हजारौ ईन्जिनियर्सको भविष्या माथि बादल लाग्नु हो, चुनावको अवधिमा धादली हुने हाम्रो निश्कर्ष हो ।’
महासचिव पदका उम्मेदवार डा.शंकर ढकालले भ्रम र झुटको खेतीमा बाली नफल्ने भन्दै उनले भने ‘नेपालका ईन्जिनियर्सभित्र ठूलो विवाद छ, वाद र तन्त्रहरू छन् हाम्रो समयमा यस्को अन्त्य हुन जरुरी छ ।’












प्रतिक्रिया