२ कार्तिक २०८३, सोमबार

रु ५० लाखको छात्रवृत्तिका लागि आवेदन आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० भदौ । अनामनगरस्थित लिबर्टी कलेजले रु ५० लाखको छात्रवृत्तिका लागि विद्यार्थीबाट आवेदन आह्वान गरेको छ ।

कलेजले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी ब्याचलर अफ बिजनेश एड्मिनिस्ट्रेसनका लागि छात्रवृत्तिको आह्वान गरेको हो ।

उक्त छात्रवृत्तिका लागि प्लस टु मा कम्तीमा पनि ५० प्रतिशत अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्ने, कलेजले लिने प्रवेश परीक्षामा न्यूनतम ६० प्रतिशत अङ्क ल्याउनुपर्ने, महिला, दलित, जनजाति, पिछडिएको वर्ग, भूकम्पपीडित तथा सामुदायिक उमाविबाट आएका विद्यार्थीलाई विशेष प्राथमिकता दिइने जानकारी दिइयो ।

प्रतिविद्यार्थी रु एक लाखको छात्रवृत्ति प्रदान गरिने उक्त छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिइने कलेजका प्रधानाध्यापक लक्ष्मण पोखरेलले बताउनुभयो ।

सन् २००९ मा गैरआवासीय नेपाल तथा विभिन्न व्यवसायी संस्था एवम् राष्ट्रिय, अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा स्थापित सो कलेजले हाल बिबिए अध्यापन गराइरहेको छ ।

कलेजका प्रधानाध्यापक पोखरेलले हाल बिबिए अध्ययन गराइरहेको भए पनि एक वर्षभित्र नै बिएचएम र एमबीए समेत अध्यापन गराउने जानकारी दिनुभयो ।
उक्त कलेजमा हाल २१७ जना विद्यार्थी अध्ययनरत छन् । रासस