२८ कार्तिक २०८३, शनिबार

नेवानिका विमानमा पटक-पटक आइरहेको समस्या छनविन गर्न समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal airlines

काठमाडौं, ३० भदौ । सरकारले नेपाल वायुसेवा निगमको विमानमा पटक-पटक आइरहेका समस्याको कारण पत्ता लगाउन छानविन समिति गठन गरेको छ ।

दुई वर्षअघि मात्रै नेपाल ल्याइएका दुई विमानमा भदौ २६ गते नयाँ दिल्लीमा देखिएको समस्या र २८ गते काठमाडौंमा दखिएको समस्या र समस्याका जिम्मेवार व्यक्तिसमेत पत्ता लगाई कारवाही गर्न छानविन समिति गठन गरिएको हो ।

सरकारले पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यको अध्यक्षतामा गठन गरेको समितिमा नागरिक उड्ड्यन प्राधिकरणका पूर्व उपनिर्देशक विनोद कुमार गौतम, क्याप्टेन दिपक लामा, क्याप्टेन विश्वमान अमात्य र हिमालयन एयरलाइन्स प्रालिका इन्जिनियर समिर बस्नेत समितिका सदस्यमा रहेका छन् ।

समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समय दिइएको छ ।