२८ कार्तिक २०८३, शनिबार

कांग्रेसकै नेतृत्वमा संविधान कार्यान्वयन हुन्छः नेता सिंह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prakashman-sing

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै पार्टीको नेतृत्वमा संविधान कार्यान्वयन बताउनुभएको छ ।

नेपाल तरुण दल काठमाडौंको नव निर्वाचित जिल्ला समितिको पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले आफूहरुको अगुवाइमा आएको यो संबिधान कार्यान्वयन अहिले मुलुकको प्रमुख चुनौतिका रुपमा रहेकाले जस्तोसुकै संघर्ष गरेर पनि संविधान लागु गराउन कांग्रेस पछि नहट्ने प्रष्ट पार्नुभयो ।

अहिले दलहरुले मिलेर अघि बढ्नुपर्ने अवस्था रहेकाले सानातिना मत मतान्तरलाई छाडेर मुलुकको हितमा एक भएर लाग्नुपर्ने बेला आएको भन्दै प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको दायित्व रहेको समेत बताउनुभयो ।

तीन तहको निर्वाचन सम्पन्न गराउनु पनि निकै चुनौतिपूर्ण रहेकाले जनतालाई परिवर्तनको अनुभूति दिलाउन अब दलहरु कम्बर कसेर लाग्ने बेला भएको उहाँको भनाई छ ।

फरक प्रसंगमा अब पार्टीका सबै नेता कार्यकताहरुलाई संविधान कार्यान्वयनमा प्रभावकारि रुपमा लाग्न र जनस्तरसम्म पार्टी संगठन मजबुद बनाउन एक भएर लाग्न समेत उहाँले निर्देशन दिनुभयो ।

कार्यक्रममा सांसद राजेन्द्र कुमार केसी, काठमाडौ जिल्ला सभापति सबुझ बानिया, रमेश खड्का, गोकर्ण केसी, प्रभास मान सिंह लगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रमको अन्तिममा निबर्तमान सभापति गोकर्ण केसीले नव निर्वाचित सभापति कृष्ण जि खड्कालाई पद हस्तान्तरण गर्नु भएको थियो ।