२८ कार्तिक २०८३, शनिबार

नेपाललाई हिन्दू राष्ट्र बनाउन एकता आवश्यकः कमल थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa

– मोहन पौडेल

परासी, ३० भदौ । पूर्व उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दू धर्म सापेक्ष नेपाल हुनुपर्नेमा जोड दिनुभएको छ । थापाले बहुसंख्यामा रहेका हिन्दूहरुको भावनालाई आत्मसात गर्दै हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेमा जोड दिनुभयो ।

नवलपरासीको बर्दघाटमा बिश्व हिन्दू महासंघ राष्ट्रिय समितिद्धारा आयोजित धार्मिक सम्मेलनमा बोल्दै थापाले विश्बको एक मात्र हिन्दु राष्ट्र नेपाललाई वैदेशिक शक्तिको आडमा धर्म निरपेक्ष बनाइएको आरोप लगाउनुभयो ।

नेता थापाले ६२-०६३ को जनआन्दोलनमा माग नै नरहेको बिषयलाई उठाएर बैदेशिक चलखेलमा धर्मनिरपेक्ष नेपाल दावी गर्नुभएको थियो । कुनैपनि शास्त्रमा कसैलाई कुनै समुदायलाई अल्ग्याउने उल्लेख नभएको भन्दै उहाँले छुवाछुत प्रथाको अन्त्य गर्नमा लाग्नुपर्नेमा जोड दिनुभएको थियो ।

उहाँले हिन्दू राष्ट्र बनाउने अभियान एकजुट भएर सशक्त रुपमा लाग्न सबैलाई आग्रह समेत गर्नुभएको छ । सो सम्मेलनले सनातन हिन्दु धर्म संरक्षणमा टेवा पुराउने उहाँको विश्वास छ ।

त्यस्तै कार्यक्रममा धार्मिक ब्यक्तित्वहरु शास्त्रदत्त पन्त,लक्ष्मण थापा,पदम बहादुर सापकोटा, रामचन्द्र अधिकारी, भरतराज पौडेल, दीन बन्धु अर्याल, डा.माधब राज भट्टराईलगायतले बोल्दै हिन्दु राष्ट्र नेपाल घोषणा गर्नुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा देशैभरका सनातन हिन्दु धर्म सम्बद्ध धार्मिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।