२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pm-dahal-india-visit-01-768x460

काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भारत भ्रमणका क्रममा नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा दोस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डले विहीबार विहान नेपाल वायुसेवा निगमको जहाजबाट भारत प्रस्थान गर्दै विदेश भ्रमण सुरु गर्नुभएको हो ।

भ्रमण दलमा प्रधानमन्त्रीका साथमा परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत, भौतिक योजना तथा निर्माण मन्त्री रहेश लेखकसहित विभिन्न मन्त्रालयका सचिव, वरिष्ठ अधिकृत व्यवसायी तथा सञ्चारकर्मीको सहभागिता छ ।

प्रधानमन्त्री असोज २ गते नेपाल फर्कने कार्यक्रम रहको छ ।