
मोरङ, ३० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई नेपाली जनताको भावनामा ठेस पुग्ने गरी कुनै पनि सन्धी र सम्झौता नगर्न चेतावनी दिनुभएको छ ।
प्रेस चौतारी नेपाल मोरङले आज बिहान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता नेपालले भन्नु भयो, ‘जनताको भावनामा चोट पु¥याउने र असमझदारीहरू उत्पन्न हुने कुनै पनि काम नहोस् ।’ उहाँले जनताको भावना र चाहनलाई ध्यानमा राखेर प्रधानमन्त्री दाहालले काम गर्नुपर्ने बताउनुभयो ।
भारत भ्रमणबाट दुई देशबीचको आपसी विश्वास र समझदारी बढ्ने उहाँको विश्वास छ ।
‘परस्परिक विश्वास र समझदारीका साथ नेपाली जनताको समवेदनशीलतालाई बुझेर प्रधानमन्त्रीले भारत भ्रमण गर्न लाग्नु भएको हो’, वरिष्ठ नेता नेपालले भन्नु भयो ।
जनताको भावना र चाहनलाई समेटेर संविधान जारी भएको एक वर्षसम्म मुलुक अन्तिम संक्रमणबाट गुज्रिइरहेको नेता नेपालको भनाइ थियो ।
विगतमा एमाले नेतृत्वको सरकारले गरेका लोकप्रिय र राष्ट्रियहितका कामलाई वर्तमान सरकारले पनि निरन्तरता दिनुपर्नेमा नेता नेपालको जोड छ ।











प्रतिक्रिया