कञ्चनपुर, ३० भदौ । जनसंख्या तथा वातावरणमन्त्री जयदेब जोशीले चैतभित्रै स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ ।
नेकपा संयुक्त कञ्चनपुरले बिहीबार महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री जोशीले भन्नुभयो–‘सरकारले नयाँ संविधान कार्यान्वयन गर्नका लागि चैत्रमा स्थानिय निर्वाचत गर्ने तयारीमा जुटेको छ ।’
उहाँले आउँदो माघ ७ भित्रै सबै तहको निर्वाचन गरेर नयाँ संविधान कार्यान्वयन गर्ने उदेश्यले चैतभित्रै निर्वाचन गरिने बताउनुभयो ।
मन्त्री जोशीले सरकारले पाँच कार्य प्रथामिताका साथ अघि बढाएको बताउनुभयो ।
उहाँका अनुुसार नयाँ संविधान कार्यान्वयन, शुसाशन–पारर्दशिता, छिमेकीमुलुहरुसित उच्च सम्बन्धका साथै सम्बन्ध विस्तार, शान्ति प्रकृयालाई तार्किक निश्कर्षमा पुगाएर आम नागरिकहरुलाई अमनचयनको व्यवस्थाका साथै विकास निर्माणको कार्यलाई अघि बढाएको बताउनुभयो ।













प्रतिक्रिया