१९ कार्तिक २०८३, बिहिबार

फेरि कसले सुरू गर्‍यो विद्यालयमा यस्तो परेड ?

9.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parad-nepal-army-rukum– अमरराज पुन

रुकुम, ३० भदौ । रुकुम जिल्लाको मुसिकोट नगरपालिका– १ मा रहेको श्री यमुना नन्द नमूना उच्च मावि सेरीगाउँमा अध्ययनरत विद्यार्थीलाई ‘राष्ट्रिय सेवा दल’को तालिम दिन थालिएको छ ।

विद्यार्थीको शारीरिक तन्दुरुस्तीका लागि २५ बढी विद्यार्थीलाई राष्ट्रिय सेवा दलको तालिम दिइएको हो । उनीहरूलाई नेपाली सेनाका जवानहरूले साँझ र बिहान दुई पटक तालिम दिने गरेका छन् ।

विद्ययालयको भन्दा बिल्कुलै फरक पोशाकमा रहेका ती विद्यार्थीलाई तालिम लिएको देख्दा आश्चर्य मान्ने गरेका छन् ।

यो कुनै अनौठो नभएर विद्यार्थीको अनुशासन, नेतृत्व, ईमान्दारिता, बफादारिता र राष्ट्रिय एकताको भावनाको विकास गराई प्राकृतिक प्रकोपबाट बच्न र बचाउने उदेश्यले स्वयं सेवकदस्ता तयार गर्न यो तालिम दिइएको जनाइएको छ ।

तालिममा मास पी.टी., खुकुरी ड्रिल र एरोबिक अन्र्तगतका तालिमहरू सिकाइने गरिएको छ ।

राष्ट्रिय सेवा दलको तालिम हाल श्री यमुना नन्द नमूना उच्च माविमा मात्रै भइरहेको छ ।

युवा वर्गलाई संगठित गर्न र राष्ट्र विकासमा थप योगदान दिन सक्ने बनाउनका लागि नेपालमा विक्रम संवत २०२२ साल कात्तिक ७ गते राष्ट्रिय सेवा दलको स्थापना भएको थियो ।

सरकारले नेपाली सेनामार्फत हाल विभिन्न जिल्लाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई यो तालिम संचालन गर्दै आइरहेको छ ।