१९ कार्तिक २०८३, बिहिबार

प्रमलाई सुझाव- नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गराउन मोदीसँग कुरा गर्नुस्

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayan Man Bijukchheभक्तपुर, २९ भदौ । नेपाल मजदुर किसान पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका समयमा नेपालको हित विपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेको छ ।

हिजोदेखि सुुरु भएर आज सम्पन्न भएको केन्द्रीय समितिको बैठकले नेपाल– भारत खुला सीमा नियमित गरी हराएका एक हजार एक सयभन्दा बढी सीमा स्तम्भ यथास्थानमा कायम गर्नुपर्नेलगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्तावहरू भारतसमक्ष राख्न सुझावसमेत दिएको छ ।

भारतले नेपालको ७१ ठाउँमा ६० हजार हेक्टरभन्दा बढी भूभाग अतिक्रमण गरी नेपालको भूमि डुबानमा पारेर अन्तर्राष्ट्रिय कानुनविपरीत सिमानामा बाँध, तटबन्ध र सडक बाँध बनाएको जनाउँदै बैठकले प्रधानमन्त्रीले भारतीय समकक्षीसँग नेपालको अतिक्रमित भूमि तत्काल फिर्ता गर्न र नेपाली भूमि डुबानमा पर्ने गरी बनाइएका बाँधहरु भत्काउन आवश्यक पहल गर्न सुझाएको छ । रासस