
काठमाडौँ, २९ भदौ । शान्ति मिसनमा जाने नेपाल प्रहरीको एक टोलीलाई बुधबार विदाई गरिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी प्रधान कार्यालय, प्रशासन बिभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रमेश शेखर बज्राचार्यले संयुक्त राष्ट्र संघको आव्हानमा मिनुस्ताह मिसन अन्तर्गत हाइटीमा शान्ति स्थापनार्थ खटिई जाने प्रहरी टोलीलाई बुधबार आयोजित एक समारोहबीच शुभकामना सहित बिदाई गर्नुभयो ।
उक्त अवसरमा उहाँले मिसनको आचार संहिताको पूर्ण पालना गरी विभिन्न देशका प्रहरीसंग सहकार्य गर्दै अनुशासित र लगनशिल भई व्यवसायिकता प्रदर्शन गरी मिसनमा नेपाल प्रहरीको छवि उच्च राख्न खटिजाने टोलीलाई निर्देशन दिनुभयो ।
प्रहरी नायव उपरीक्षक सानुराम भट्टराईको नेतृत्वमा भाद्र ३१ गते त्यसतर्फ प्रस्थान गर्नेहरुमा प्रहरी नायव उपरीक्षकहरु शिशु शर्मा, श्याम कुमार शारु मगर तथा प्रहरी नायव निरीक्षकहरु बेन प्रसाद श्रेष्ठ, विश्व प्रकाश श्रेष्ठ, बिरेन्द्र केसी र लिला बहादुर मोक्तान रहेका छन् ।












प्रतिक्रिया