१९ कार्तिक २०८३, बिहिबार

पद्मकन्याका दुई सय विद्यार्थीलाई साइकल वितरण

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cycle-bitaran

काठमाडौँ, २९ भदौ । पद्मकन्या विद्याश्रम माध्यामिक विद्यालयका दुईसय विद्यार्थीलाई साइकल वितरण गरिएको छ ।

जिल्ला विकास समितिको सहयोगमा उपलब्ध गराएको ती साइकल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले आज यहाँ आयोजित कार्यक्रममा वितरण गर्दै सोचेजस्तो अझै शिक्षा क्षेत्रमा प्रगति नभएकाले सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो– “सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लाई शैक्षिक वातावरण सुधार गर्ने सकेमा नतिजा सन्तोषजनक हुन्छ ।”

संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिँदै नेता सिंहले संविधानले परिकल्पना गरेअनुसारको कानुन निर्माण गरेमात्र मुलुक विकासको बाटोमा अगाडि बढ्ने उल्लेख गर्नुभयो ।