काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मुलुको शिक्षा क्षेत्रमा चाहेजति प्रगति हुन नसकेको बताउनु भएको छ ।
आज जिल्ला बिकास समिति काठमाडौको सहयोगमा राजधानी काठमाडौको पद्मकन्या माध्यमिक बिद्यालय डिल्लीबजारमा बिद्यालयले आयोजना गरेको कायक्रममा बिद्यार्थीहरुलाई साईकल बितरण गर्नुहुँदै उहाँले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको लागि आवश्यक शैक्षिक वातावरण निर्माण गर्न सकेमात्र नतिजा सन्तोषजनक हुने बताउनुभयो ।
फरक प्रसंगमा अब संविधान कार्यान्वयनमा सबैदल एकभएर लाग्नुपर्ने बताउनुभयो । मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने सकेमा मात्र सबैको हित हुने भएकाले दलहरुको प्राथमिकता अब संविधानको कार्यान्वयन र संविधानले परिकल्पना गरेअनुरुपको ऐनकानुन निर्माण गरेर लागू गराउनेतर्फ केन्द्रत हुनुपर्नेमा जोड दिनुभयो । जनताले नतिजा चाहिरहेकाले अब काम गरेर देखाउने समय आएको उहाँको भनाई छ ।
कायक्रममा उक्त बिद्यालयमा अध्ययनरत दुई सय बिद्यार्थीलाई साईकल बितरण गरिएको थियो ।














प्रतिक्रिया