१९ कार्तिक २०८३, बिहिबार

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सदनमा पेस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

byawastha-p-ika

काठमाडौँ, २९ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पेस भएको छ । शिक्षामन्त्री धनिराम पौडेलले सदनमा उक्त विधेयक प्रस्तुत गर्नु भएको हो ।

यसअघि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि सांसद प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले प्रस्तुत गर्नुभएको विरोधको सूचनालाई बैठकले अस्वीकृत गरेको थियो ।

त्यस्तै, बैठकमा सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले सहकारी विधेयक २०७३ प्रस्तुत गर्नुभयो । व्यवस्थापिका–संसद्को अर्काे बैठक आगामी असोज ९ गते दिउँसो १ बजे बस्नेछ । रासस