रोल्पा, २९ भदौ । ग्रामीण भेगका जनताको उपचार गर्ने भन्दै डा. गोबिन्द केसी रोल्पामा आएका छन् । झोलामा केहि औषधि बोकेर मंगलबार राजधानीबाट हिडेका उनले बुधबार र बिहिबार रोल्पाको सुलिचौरमा शिविर चलाउने बताए ।
सहयोगी बिना नै मंगलबार साझ सदमुकाम लिबाङ आईपुगेका केसी लिबाङस्थित एक होटेलमा बास बसेर बुधबार बिहानै बसमा चढेर शिविर चलाउन सुलिचौरतर्फ लागेका छन् । झोलामा केहि औषधि बोकेर रोल्पा आएका डा. केसीले रोल्पाका संघ संस्था र जिल्ला अस्पतालको सहयोगको अपेक्षा गरेको बुझिएको छ ।
चिकित्सा क्षेत्रको विकृतिविरुद्ध लामो समयदेखि संघर्षरत चिकित्सक गोविन्द केसीले आफ्ना माग प्रति सरकारले वेवास्ता गरे असोज ३ गतेबाट फेरि अनसन बस्ने घोषणा गरिरहेका बेला रोल्पा आईपुगेका हुन् ।













प्रतिक्रिया