काठमाडौं, २९ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणको जानकारी सदनलाई गराउनु हुने भएको छ ।
संसदको आज नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री दाहालले भोलि बिहीबारबाट हुन लागेको भारतको राजकीय भ्रमणका बारेमा जानकारी दिनु हुने संसद सचिवालय स्रोतले जनाएको छ । दाहालले त्यसका लागि समय मिलाउन निजी सचिवालयलाई निर्देशन दिनु भएको छ ।
विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनु पर्ने परम्परा छ ।
दाहालले बिहीबारदेखि भारतका औपचारिक भ्रमण गर्दै हुनुहुन्छ । जम्बो टोलीको नेतृत्व गरेर दाहाल भोलि नयाँदिल्ली जानु हुनेछ ।











प्रतिक्रिया