काठमाडौँ, २८ भदौ । नेपाल इञ्जिनियर्स एसोसिएसनको विधानमा समयसापेक्ष परिवर्तनसहित संस्थालाई अग्रगामी बनाउन प्रगतिशील तथा पेसाकर्मी समूहले जोड दिएको छ ।
एसोसिएसनको यही भदौ ३१ मा हुने ३१ औँ कार्यकारिणी परिषद्को निर्वाचनका लागि दाबेदार सो समूहले आज यहाँ पत्रकार भेटघाट गरी आम इञ्जिनियरको अपनत्व महसुस हुने गरी पेसागत, पारदर्शी, निपष्क्ष र समावेशी संस्था बनाउन विधान संशोधन अत्यावश्यक भएको जनाएको हो ।
सो समूहबाट अध्यक्षका उम्मेदवार राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा सुमित्रा अमात्यले आयोगबाट आफूहरुले पूर्वाधार विकासमैत्री योजना तर्जुमा गराएको र सोको कार्यान्वयनका लागि एसोसिएसनको नेतृत्वमा जान लागेको बताउनुभयो ।
सो समूहबाट उपाध्यक्षमा डा माधवप्रसाद कोइराला, महासचिवमा प्रदीप अधिकारी, उपमहासचिवमा खिमानन्द कँडेल र कोषाध्यक्षमा सञ्जिव रोकाहा हुनुहुन्छ । जिल्ला-जिल्लामा हुने एसोसिएसनको निर्वाचनमा करिब १२ हजार सदस्य (मतदाता) छन् । रासस













प्रतिक्रिया