१९ कार्तिक २०८३, बिहिबार

कला र संस्कृतिको जर्गेनाले मात्रै विकास सम्भवः पोलिटव्यूरो सदस्य भट्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tekendra-bhatta

कञ्चनपुर, २८ भदौ । नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य टेकेन्द्रप्रसाद भट्टले कला र संस्कृतिको जर्गेनाले मात्रै समुदायको पहिचानलाई जोगाउन सकिने बताउनु भएको छ ।

आज झलारी पिपलाडी उद्योग बाणिज्य सघको आयोजनामा सञ्चालन गरिएको ‘बृहत साँस्कृतिक देउडा प्रतियोगिता २०७३’ को समापनका अवसरमा बोल्नु हुदै उहाँले संस्कृतिका आधारमा व्यक्तिको पहिचान झल्कने भएकाले यसले सद्भाव बढाउन मद्दत गर्ने बताउनुभयो ।

सद्भावले समाजलाई जोडने कार्य गर्ने भएकाले कला र संस्कृति संगै भाषाको संरक्षणका लागि सबैले एकजुट भएर अगाडी बढनुपर्ने पूर्व संविधान सभाका सभासद समेत रहनु भएका उहाँले बताउनु भयो । उहाँले कला संस्कृति विना विकास संभव नभएको बताउनु भयो ।

आर्यहरुले भाषा र संस्कृतिलाई सुचिकृत गरी राजनीतिक अधिकार प्राप्त गरेको उल्लेख गर्नु हुदै उहाँले डोटेली भाषाका आर्यनहरुले पनि अधिकार सुनिश्चितका लागि कला, संस्कृति र भाषालाई जोगाउनु पर्ने बताउनुभयो । सुदूरपश्चिम क्षेत्रको देउडाको भाकाले जनताको भावनालाई मुखरित गर्ने भएकाले यसलाई सन्देश मुलक बनाउनुपर्ने उहाँले विचार व्यक्त गर्नुभयो ।

“कला संस्कृतिको संरक्षण र पहिचान, पर्यावरण, पर्यटन प्रर्वद्धनको अभियान” भन्ने सन्देश सहित भदौ २५ गते देखि शुरु भएको देउडा प्रतियोगितामा आठ वटा देउडीयाले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा सहभागी देउडीया मध्ये प्रथम अम्बादत्त जोशी, द्धितिय नवराज पन्त र तृतिय हजारी बोहरा हुनु भएको छ । प्रथम हुनेलाई रु १५ हजार, द्धितिय हुनेलाई रु १० हजार तृतिय हुनेलाई रु पाँच हजार नगद र प्रमाण पत्र सहित कार्यक्रमका प्रमुख अतिथि पूर्व सभासद भट्टले पुरुस्कृत गर्नुभयो ।

कार्यक्रममा सुदूरपश्चिम क्षेत्रको मौलिक संस्कृति संरक्षण गरेको भन्दै गायन संगितको क्षेत्रमा करन बहादुर ऐर र सुदूरपश्चिम क्षेत्रको कला संस्कृति, भाषा, पर्या पर्यटनको क्षेत्रका योगदान पुरयाएको भन्दै राससका जिल्ला समाचारदाता राजेन्द्रप्रसाद पनेरुलाई सम्मान पत्र सहित कार्यक्रममा सम्मानित गरिएको थियो ।