– अमरराज पुन
रुकुम, २८ भदौ । खेल क्षेत्रमा टेवा पुर्याउने उद्देश्यले बाल आस्था क्लब मुसिकोट नगर पालिका १ रुकुमले आयोजना गरेको अण्डर १६ पुरुष फुटबल प्रतियोगीता आज सम्पन्न भएको छ ।
रुकुम सदरमुकाम मुसिकोट खलंगाको बराहटाकुरामा सम्पन्न प्रतियोगीतामा आयोजक “ए” प्रथम भएको छ । त्यस्तै श्री न्यूमुन लाई सेकेन्डरी बोर्डिङ्ग स्कुल दृतिय र आयोजक “बी” तृतिय भएको छ । प्रतियोगितामा प्रथम, दृत्तिय र तृतिय हुनेले क्रमश पाँच हजार पाँच सय पच्पन्न, तीन हजार तीन सय त्यात्तिस र दुई हजार दुई सय बाईस रुपैंया नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
उक्त खेलको मुख्य प्रायोजन जय लक्ष्मी भाँडा पसल मुनपा १ रुकुम र समिक्षा पुस्तक पसल मुनपा १ रुकुमको सह प्रायोजन रहेको थियो । भदौ २५ गतेबाट शुरु भएको प्रतियोगीतामा रुकुम जिल्लाका विभिन्न ठाउँबाट १७ ओटा समूहले भाग लिएको आयोजकले बताएको छ ।
















प्रतिक्रिया