२ कार्तिक २०८३, सोमबार

रामेछापमा साढे ३८ हजार भूकम्पपीडितको खातामा ५० हजार नगद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramechhap-bhukampa-pidit

– नवराज श्रेष्ठ

रामेछाप, २८ भदौ । रामेछापमा अहिले सम्म ३८ हजार ४ सय ९५ जना भूकम्पपिडिको खातामा पहिलो किस्ता वापतको ५० हजार अनुदान रकमको पुगेको छ ।

जिल्लामा नाम नमिलेको र कागजात नमिलेका केहि लाभग्रासहको खातामा पैसा जान बाकि रहेको कोष तथा लेखा नियन्त्रण कार्यालय रामेछापका प्रमुख मधु पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार जिल्लाको मन्थली नगरपालीका वडा नम्वर ६ र रामपुर गाविसका भूकम्पपिडिहरुलाई रेडक्रस सोसाईटि जिल्ला शाखा रामेछाप र सामुदायिक विकास समाज मन्थली रामेछापले ५० हजार नगद दिनेछ ।

कोष तथा लेखा नियन्त्रण रामेछापका प्रमुख पोखरेलले भुकम्पपिडितहरु बर्षातको समयमा टाढा बाट जोखिमता मोलेर रकम लिन आउन गरेको बताए । उनले पिडितको खातामा आएको नगत जुनसुकै बेलामा निकाल्न सकिने भएकाले टाढाबाट जोखिमता मोलेर नआउन सबैलाई आग्रह गरे । रामेछाप जिल्लामा ४३ हजार ३ सय ६ जना लाभग्राहि रहेकामा ४० हजार ७ सय ७८ जना नागरिकले सम्झौता गरेका छन् ।

हाल सदरमुकाम मन्थलीमा रहेका ९ वटा बैँकहरुबाट पहिलो किस्ता वापतको रकम वितरण भइरहेको छ । अनुदान रकम लिनका लागी वृद्ध वृद्धाहरु आएकाले लाईनमा बस्न समस्या भएको छ । लामो समय सम्म लाईनमा बस्दा अत्याधिक गर्मीका कारण नागरिकहरु बेहोस हुने समेत भएको छ ।