३१ आश्विन २०८३, शनिबार

ग्रिनविचलाई छात्रा बास्केटबलको उपाधि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

4काठमाडौं, २८ भदौ । ग्रिनविच एकेडेमीले प्रथम फेका कप अन्तरविद्यालय छात्रा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ ।

पेप्सीकोलामा भएको फाइनलमा ग्रिनविचले मानाङ्क इङलिस स्कुलाई २८–९ ले पराजित ग¥यो । शिक्षालय नेपालले तेश्रो स्थानमा चित्त बुझायो ।

विजेतालाई सांसद मोहनकुमार राईले एक कार्यक्रमबीच पुरस्कृत गरे । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) र मानाङ्कद्वारा संयुक्त आयोजित चारदिने प्रतियोगितामा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।