२ कार्तिक २०८३, सोमबार

दाङका युवा व्यवसायी राना मुलुककै उत्कृष्ट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranaघोराही, २७ भदौ । दाङ निवासी युवा ब्यवसायी राजभक्त राना डिसहोमको उत्कृष्ट डिष्ट्रिब्युटर हुनु भएको छ ।

राप्तीका पाचै जिल्लामा डिसहोमको राम्रो विक्री गरेको भन्दै डिसहोमको आधिकारीक विक्रेता डिस मिडिया नेटवर्कले उत्कृष्ट डिष्ट्रिब्युटर्स अवार्डवाट ब्यवसायि रानालाई पुरस्कृत गरेको छ ।

डिसहोमले काठमान्डौमा आयोजना गरेको भब्य कार्यक्रममा उहालाई प्रमाणपत्र, ट्रफी र मेडलले पुरस्कृत गरेको हो । डिसहोमको राप्ति अञ्चलका आधीकारीक विक्रेता नमुना स्याटेलाइट प्रालिका सञ्चालक रानालाई देशभरका वितरकहरुमध्ये उत्कृष्ट ठहराएर उक्त अवार्डले पुरस्कृत गरेको छ ।

पुरस्कृत रानाले उक्त अवार्डले आफुमा काम गर्न हौसला बढेको र अवार्डका लागि छनौट गर्ने डिसहोमको केन्द्रिय परीवारलाई धन्यवाद दिनु भएको छ ।