१९ कार्तिक २०८३, बिहिबार

जिल्ला सदरमुकाममा छाडाचौपायाले गर्दा यातायात संचालनमा समस्या

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 dadeldhura-gaibastu– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २७ भदौ । डडेल्धुरा जिल्ला सदरमुकमम क्षेत्रभित्रमा रहेका छाडा चौपायाहरुले गर्दा यातायात संचालन गर्न सवारी चालकहरुलाई समस्या भईरहेको छ ।

सदरमुकाम नजिक बसोबास गरिरहेका स्थानीय वासिन्दाहरुले गाईगोरु,बाख्रा तथा कुखुरा समेत सडक छेउछाउमा लगी छोड्ने गरेको हुँदा सवारी चालकहरुलाई यातायात संचालनमा समस्या भईरहेको यातायात व्यवसायीहरुको भनाई रहेको छ । छाडाचौपायाहरुले सडक नछोड्ने गरेको र यातायातका साधनहरु रोकी सडक चौपाया धपाएर यातायात संचालन गर्नु परेको उग्रतारा यातायात व्यवसायी समितीका एक जना चालकले बताए । उनले भने कुनै समयमा सवारी साधनमा ब्रेक नलागे अथवा गाडीमा समस्या आए छाडा चौपायाले गर्दा जिल्ला सदरमुकामभित्रै ठुलो सडक दुर्घटना हुनसक्छ ।

सदुरपश्चिमको पहाडी जिल्लाहरुलाई जोड्ने मुख्य प्रवेशद्धाराका रुपमा रहेको जिल्ला सदरमुकाममा क्षेत्र भएर दैनिक सयौको संख्यामा सवारी साधनहरु संचालन हुने गरेको र सरोकारवाला निकायले समयमै छाडाचौपाया व्यवस्थापन नगरे दुर्घटना हुन सक्ने होटेल व्यवसायी निराजन शाहीले बताए । उनले भने दैनिक तुफानडाडा चोकमा दर्जनौको संख्यामा छाडाचौपाया सडक छेउ र होटेलहरुको पार्कीङ्ग क्षेत्रमा आउने गरेका छन् । केही समय पहिले अमरगढी नगरपालिकाले छाडा चौपायाहरुलाई संकलन गरि जिल्ला सदरमुकाम बाहिरतिर रहेका जंगलमालगी छोड्ने गरेको भए पनि छाडाचौपायाहरुको संख्या भने दिनप्रतिदिन बढ्दै गएको छ । छाडा चौपायाहरु हटाउनका लागी स्थानीय प्रशासनले पहल गर्नु पर्ने तर कुनै पहल नगर्दा व्यापारव्यवसायीदेखी लिएर होटेल व्यवासायीहरु समेत छाडाचौपायाहरुबाट हैरानी खेपी रहेका होटेल व्यवसायी मिन बहादुर थापामगरले बताए ।

dadeldhura-gaibastu-1

अमरगढी नगरपालिकाका कार्यालयले उद्योग बाणिज्य संघ डडेल्धुरा संग एक वर्ष पहिले नै नगर क्षेत्रको फोहोर व्यवस्थापन र छाडाचौपाया व्यवस्थापनको लागी सम्झौता गरि उद्योगबाणिज्य संघलाई आर्थिक सहयोग गर्दै आएको कुरा अमरगगढी नगरपालिकाका कार्यालय प्रमुख मात्रिका प्रसाद भट्टराईले बताए । उद्योग वाणिज्य संघ डडेल्धुरा र नगरपालिका विच भएको सम्झौता अनुसार छाडाचौपाया व्यवस्थापनका लागी एक जना कर्मचारी राख्ने व्यवस्था गरिएको भए पनि एक जना कर्मचारीले मात्रै चौपाया व्यवस्थापन गर्न नसक्दा समस्या भएको उद्योग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष खेमराज पनेरुले बताए ।

उनले भने “एक जना कर्मचारीले व्यवस्थापन गर्न नसक्ने र छाडा चौपाया सदरमुकाम बाहिर लैजान यातायायत ढुवानी खर्च अमरगढी नगरपालिकाले उपलब्ध नगराएको यसका विषयमा छलफल गर्ने मात्रै कुरा भएको हो तर सडक चौपाया व्यवस्थापन गर्ने जिम्मा नगरपालिकाको नै हो” ।

अमरगढी नगरपालिकाले छाडाचौपाया हटाउनकालागी कान्जी हाउस निर्माण गर्नु पर्ने वा छाडा चौपाया लिलामी गरे मात्रै छाडा सडक चौपायाहरु हटाउन सकिने प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले बताए ।