१९ कार्तिक २०८३, बिहिबार

राहदानी हराउँदा अब प्रहरी रिपोर्ट नचाहिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali-passport

काठमाडौं, २७ भदौ । राहदानी हराउँदा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट रिपोर्ट ल्याउनुपर्ने व्यवस्थालाई राहदानी विभागले खारेज गरेको छ ।

साथै पत्रिकामा राहदानी हरायो भनेर सूचना गर्नैपर्ने बाध्यतालाई पनि खारेज गरेको छ ।

यो भन्दा पहिले राहदानी हराएपछि हराएको क्षेत्र सहित ‘क’ वर्गको राष्ट्रिय दैनिकमा सूचना निकाल्नु पथ्र्यो । सो को अर्धकट्टी लिएर राहदानी हराउने व्यक्ति प्रहरी कहाँ गई उजुरी गर्नुपर्ने र प्रहरीले दिएको रिपोर्टको आधारमा सोही व्यक्तिले राहदानी विभागमा गएर निवेदन दिनुपर्ने झन्झट थियो ।

उक्त झन्झट हटाउनको लागि नै नेपाल प्रहरी सँगको सहकार्यमा राहदानी विभागले प्रहरी रिपोर्ट लिन नपर्ने व्यवस्था मिलाएको विभागका महानिर्देशक लोकबहादुर थापाले बताए ।

अब पासपोर्ट हराए सिधै राहदानी विभाग गएर निवेदन दिनुपर्ने छ ।