२ कार्तिक २०८३, सोमबार

नेपाल क्रेडिट एण्ड कमर्स बैंकको एक्सटेन्सन काउन्टर भैरहवामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncc-bank-bhairahawa

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले भैरहवाको पक्लिहवा रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको (UCMS) परिसरमा आइतबारदेखि आफ्नो एक्स्टेन्सन काउन्टर (Extension Counter) संचालनमा ल्याएको छ ।

उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन बैंकको व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा UCMS का अध्यक्ष रमेश शर्माद्वारा संयुक्त रुपमा गरिएको छ । सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विप्रेषण सेवा उपलब्ध गराइनेछ । यस काउन्टरबाट UCMSमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु तथा पक्लिहवा क्षेत्रका सर्वसाधरणहरु प्रत्यक्ष लाभान्वित हुनेछन् ।

प्रवक्ता बन्दना पाठकका अनुसार बैंकले २०७३ आषाढ मसान्त सम्ममा निक्षेप परिचालन रु ३० अर्ब ३६ करोड तथा रु. २४ अर्ब ८९ करोड कर्जा प्रवाह गरी रु ७० करोड ३० लाख खुद नाफा आर्जन गर्न सफल भएको छ ।

साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पुर्याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसंग गाभ्ने–गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । उक्त गाभ्ने–गाभिने प्रक्रिया सम्पन्न भए पश्चात एनसिसि बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।