रामेछाप, २७ भदौ । रामेछाप जिल्लाका २२ वटा स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवा सञ्चालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले ती स्वास्थ्य संस्थाहरु मार्फत यसै आर्थिक वर्षबाट सो सेवा सञ्चालन गर्न लागेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय रामेछापले सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना यसका बारेमा जानकारी गराएको छ ।
कार्यक्रम बारे जानकारी दिँदै जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डाक्टर प्रकाश प्रसाद साहले यो अत्यन्त संवेदनशिल काम भएकोले यसमा सम्बन्धित सारोकारवालाको ध्यानाकर्षण गराउन छलफल कार्यक्रम आयोजन गरिएको बताए ।













प्रतिक्रिया