१ कार्तिक २०८३, आइतबार

जीवन मिष्टर टिन नेपाल २०१६ को विजेता

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

2n2a4189काठमाडौ । ‘मिष्टर टिन नेपाल २०१६’ उपाधि जिवन खड्काले जितेका छन् । १९ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेका खड्काले प्रतियोगितामा भियुर च्वाइस र म्यानेजमेन्ट च्वाइस अवार्ड समेत हात पार्न सफल भए ।

रन वे नेपालको आयोजनामा शनिबार अबेर साझ राजधानिको त्रिपुरेस्वरस्थित ब्लुवर्ड भवनको मुर्ड हलमा सम्पन्न प्रतियोगितामा अभिषेक दाहाल फष्ट रनर अफ र बिदुर भट्टराई सेकेन्ड रनर अफ घोषित भए । प्रतियोगितामा दाहाल मिष्टर ह्याण्डसम, मिष्टर मल्टिमिडिया समेत चुनिदा भट्टराईले मिष्टर पर्सनालिटीमा चित्त बुझाए ।

संगीत र नृत्यलगायत विभिन्न मनोरञ्जक प्रस्तुतिका साथ सम्पन्न प्रतियोगितामा अंकित तिवारी मिष्टर स्टाइलिस, जीवन खड्का मिष्टर पर्फमेन्स, पारश दाहाल मिष्टर फोटो जेनिक, प्रमोद घिसिङ मिष्टर चार्मिङ, पासाङ तामाङ मिष्टर कन्जिन्यालिटी, सागर बि.क मिष्टर फिट, रेहान राज डंगोल मिष्टर पपुलर, जीवन बस्नेत मिष्टर क्रियटिभ, अभिनास डि एम मिष्टर डिसिप्लेन, रुपक थापा मिष्टर युनिक, अजय मगर मेक ओभर, मयनक कुमार ठकुरी मिष्टर एक्टिभ, आभाष यादव मिष्टर वाल्क बिजेता बन्न सफल भए ।

सिचाई मन्त्री दीपक गिरी मुख्य अतिथी र सांसद चन्द्र जोशी, रीता शाही, अर्थबिद चिरञ्जीवी थापा स्पेशल अतिथी रहेको कार्यक्रमको निर्णायक मण्डलमा अभिनेता गजित बिष्ट, मिष्टर नेपाल संदिप पोखरेल, आरजे भिजे सरोज केसी , समाज सेवी मोहन बस्नेत, भिष्म पाण्डे, खगेस रंजितकारलगायत रहेका थिए ।