१९ कार्तिक २०८३, बिहिबार

खादा लगाउँदा नविना लामामाथि भएको दुर्व्यवहारको युवा संघद्धारा भत्सर्ना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nabina-rajib

काठमाडौं, २६ भदौ । युवा संघ नेपालले अनेरास्ववियुका अध्यक्ष नविना लामामाथि भएको दुर्व्यवहारको भत्सर्ना गरेको छ ।

युवा संघका अध्यक्ष राजीव पहारीले ‘एक कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नविना लामालाई स्वदेशमै उत्पादित खादा लगाउदा उहाप्रति केही अतिवादी संक्रिण सोच भएका व्यक्तिहरूले सामाजिक संजालमा जुन तुच्छ गाली गरेका छन् यो निन्दनीय कार्य हो यसको जति भत्सर्ना गरेपनि कमै हुन्छ’ भनेका छन् ।

बाग्लुङमा आयोजित कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष लामाले स्वदेशी खादा लगाएपछि उनमाथि सामाजिक सञ्जालमार्फत दुर्व्यवहार भएको थियो । दुर्व्यवहारपछि उनले साइबर क्राइम अन्तर्गत मुद्दा दर्ताको तयारी गरेकी छन् ।

लामामाथि भएको दुर्व्यवहार नेपाललाई आत्मनिर्भर बन्न नदिने सदैब परनिर्भरतामा राखिराख्ने र विदेशीको दलाली गर्ने सोचको उपज हो भन्दै युवा संघका अध्यक्ष पहारीले यस्तो सोचलाई परास्त नगरी नयाँ नेपाल निर्माण गर्न सकिदैन । अब हाम्रो बहस यतातिर केन्द्रित हुनैपर्छ’ भनेका छन् ।

केही समयअघि युवा संघले स्वदेशी खादा प्रयोग गर्ने घोषणा गरेको थियो । पछि सरकारले पनी स्वदेशी खादा प्रयोग गर्ने निर्णय गरेको थियो । यही निर्णयअन्तर्गत नविनाले स्वदेशी खादा लगाएकी हुन् ।

‘हरेक कार्यक्रममा युवा संघ नेपालले स्वदेशमै उत्पादित खादा मात्र लगाउने निर्णय गरेपछि स्वदेशी खादा लगाउने प्रचलन व्यापक भएको छ । एक कार्यक्रममा अनेरास्ववियुका अध्यक्ष नविना लामालाई स्वदेशमै उत्पादित खादा लगाउदा उहाप्रति केही अतिवादी संक्रिण सोच भएका व्यक्तिहरूले सामाजिक संजालमा जुन तुच्छ गाली गरेका छन् यो निन्दनीय कार्य हो यसको जति भत्सर्ना गरेपनि कमै हुन्छ,’ पहारीले भनेका छन् ।