काठमाडौं, २६ भदौ । प्रगतिशील तथा पेसागत इन्जिनियर समूहले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई ७ दिने अल्टिमेटम दिएको छ ।
आइतबार अध्यक्षका उम्मेदवार डा सुुमित्रा अमात्यको नेतृत्वमा गएको प्रगतिशील समूहले प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई ज्ञापनपत्र बुझाउँदै पुनर्निर्माण प्राधिकारण अन्तर्गत कार्यरत इन्जिनियरहरुका समस्या सात दिनभित्र पूरा गर्न अल्टिमेटम दिएको समूहबाट नेपाल इन्जिनियर्स एशोसियसनको ३१ औं कार्यकारिणी परिषद्को निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार सञ्जीव रोकाहाले बताए ।
साथै सात दिनभित्र उचित सम्बोधन नभए पुनर्निर्माणको काम अर्को हप्ताबाट ठप्प पारिने चेतावनी समेत दिएको छ । कोषाध्यक्षका उम्मेदवार सञ्जीव रोकाहाले इन्जिनियरका समस्याबारे प्राधनमन्त्रीको पनी ध्यानाकर्षण गराउने योजना सुनाए ।














प्रतिक्रिया