– नवराज श्रेष्ठ
रामेछाप, २६ भदौ । रामेछाप जिल्लाका ३७ वटा विद्यालयहरु एकअर्कामा गाभिएका छन् ।
जिल्लामा अझै १५ देखि १६ वटा सम्म विद्यालय गाभिन सक्ने बताईएको छ । रामेछापका जिल्लाका जिल्ला शिक्षा अधिकारी खुविराम अधिकारीले रामेछापमा विद्यार्थीको सङ्ख्या कम भएका ३७ वटा विद्यालयलाई गाभिएको जानकारी दिए । उनले आगामी २ बर्ष्भित्र १५ देखि १६ वटा प्रावि विद्यालयहरु गाभिन सक्ने बताए । उनले गाभिएका अधिकांस विद्यालयहरु प्रावि रहेको बताए । गाभिएका विद्यालयका शिक्षकहरुलाई शिक्षक कम भएका विद्यालयमा पठाएईको उनको भनाई छ ।
जिल्लाका ५२ वटा प्रावि र ९ वटा माविमा गाभिएका विद्यालयका शिक्षकहरुको पठाइएको उनको भनाई छ । उनलेले शैक्षिक क्षेत्रका सुधारका लागी विद्यालय गाभ्नुनै अन्तिम विकल्प नभएपनि भौतिक स्थलको आधारमा विद्यालय गाभ्नुपर्ने बाध्यता रहेको बताए ।
रामेछापमा ९० वटा मावि भएकोमा २८ वटा माविमा एउटा पनि दरबन्दी नभएपनि अहिले २८ मध्य ९ वटा माविमा दरबन्दी मिलान गरी पठाएको जिल्ला शिक्षा कार्यालयको तथ्याङकमा छ । एउटा पनि दरबन्दी नभएको प्राविहरु पनि रामेछापमा ११ वटा रहेकाले त्यसको व्यवस्थापनका लागी जिल्ला शिक्षा कार्यालय रामेछापले सोच बनाईरहेको जिल्ला शिक्षा अधिकारी खुबिराम अधिकारीको भनाई छ ।












प्रतिक्रिया