१९ कार्तिक २०८३, बिहिबार

पूर्व पदाधिकारीको सुविधासम्बन्धी प्रतिवेदनसहित दुई सम्झौता सदनमा प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Onsari-gharti

काठमाडौँ, २६ भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले ‘पूर्व पदाधिकारीको सेवा सुविधासम्बन्धी प्रतिवेदन, २०७३’ प्रस्तुत गर्नुभयो ।

त्यसैगरी, उद्योगमन्त्री नवीन्द्रराज जोशीले ‘क्षेत्रीय गुणस्तरलाई लागू गर्ने सार्कस्तरीय सम्झौता’ र ‘समरुपता परीक्षणको मान्यताका लागि बहुपक्षीय व्यवस्थासम्बन्धी सार्कस्तरीय सम्झौता’ सदनसमक्ष पेस गर्नुभयो ।

सम्झौता प्रस्तुत गर्दै मन्त्री जोशीले ती सम्झौताको औचित्य र आवश्यकताबारे सदनलाई जानकारी गराउनुभएको थियो ।

त्यसअघि श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले विचारार्थ सदनमा पेस गर्नुभएको ‘सामाजिक सुरक्षा विधेयक, २०७२’ लाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको थियो । साथै उहाँले ‘श्रम विधेयक, २०७२’ पनि पेस गर्नुभएको थियो ।

त्यसैगरी, सिँचाइमन्त्री दीपक गिरीले विचारार्थ पेस गर्नुभएको ‘भूमिगत जलस्रोत विधेयक, २०७२’ र ‘सिँचाइ विधेयक, २०७२’ लाई पनि सर्वसम्मतिले स्वीकृत गरिएको थियो ।

व्यवस्थापिका–संसद्को अर्को बैठक भोलि भदौ २७ गते सोमबार बिहान ११ः०० बजे बस्नेछ । रासस