काठमाडौं, २६ भदौ । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको हितलाई कुण्ठित गराएर फाइदा लिन र आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई चेतावनी दिएका छन् ।
शनिबार नेपाल ईन्स्टिच्युट अफ ईन्टरनेशनल रिलेशनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता श्रेष्ठले नेपालले सन्तुलित ढंगबाट आपसी सम्बन्ध अघि बढाउन चाहेको बेला भारतले पनि आफ्नो दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए ।
उनले कालापानी र सुस्ताको समस्या हल नभएसम्म द्धिपक्षीय सम्बन्धमा सुधार नहुने दावी गरे ।
कोशी व्यारेज फुट्दा केही समयका लागि भनेर विराटनगरमा प्राविधिक रुपमा बसेको भारतीय फिल्ड अफिस अहिलेसम्म नहट्नुले नेपालको अपमान भएकोले त्यसलाई तत्काल हटाउन र नेपाल हेर्ने दृष्टिकोणमा परिवर्तन नआएसम्म सम्बन्ध सुधार हुन नसक्ने दावी गरे ।
उनले आफू पराष्ट्रमन्त्री हुँदै उक्त फिल्ड अफिस हटाउन भारतीय पक्षलाई पत्र काटेको र अहिलेसम्म पनि त्यो फिल्ड अफिस नहटेकोले अब प्रधानमन्त्री भारत जाँदा यो विषयमा गम्भिर कुरा उठाउनुुपर्छ, र यसलाई तत्काल हटाउन लगाउनुपर्छ भन्ने आफ्नो माग रहेको बताए । उनले भने- ‘भारत भ्रमणमा प्रधानमन्त्रीले सक्नुहुन्छ भने विराटनगरको भारतीय कन्सुलरको कार्यालय हटाउने एजेण्डा राख्नुपर्छ । जो भारतले जबरजस्त राखेको हो ।’
१९५० लगायतका विभिन्न असमान र अपमानजनक सन्धि सम्झौताहरु तत्काल संशोधन गरेर साझा हितमा अघि बढ्नुपर्ने श्रेष्ठको धारणा छ ।












प्रतिक्रिया