
काठमाडौं, २६ भदौ । सांसदहरुले भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई सीमामा भारतीय प्रहरीबाट नेपालीमाथि हुने ज्यादति रोक्न माग गरेका छन् ।
आइतबार बसेको व्यवस्थापिका संसदको बैठकमा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले नेपाल–भारत सीमानामा नेपाली नागरिकमाथि भारतीय प्रहरीबाट हुने गरेका ज्यादति अन्त्य हुनुपर्ने माग गरिन् । उनले भनिन्– ‘प्रधानमन्त्रीको भारत भ्रमणमा यो विषय एजेण्डा बन्नुपर्छ ।’
नेकपा एमालेका भरतमोहन अधिकारीले नेपाल–भारत सम्बन्धका विविध आयामबारे चर्चागर्दै हुलाकी राजमार्ग र पञ्चेश्वर जलविद्युत् आयोजना निर्धाति समयमा पूरा गर्ने प्रतिबद्धताका साथ दुवै मुलुकले काम गर्नेतर्फ प्रधानमन्त्रीले आवश्यक प्रयास गर्नुपर्ने बताए ।











प्रतिक्रिया