मुम्बई । पोर्नस्टार एवम् बलिउड अभिनेत्री सनी लियोनी आगामी न्यूयोर्क फेशन सप्ताहमा र्याम्पमा हिँड्ने भएकी छिन् । सनी लियोनी फेशन सप्ताहमा र्याम्पमा हिँड्न लागेकी पहिलो बलिउड अभिनेत्री हुन् ।
३५ वर्षीया सनी लियोनीले ट्वीटरमा ट्वीट गर्दै भनेकि छिन् न्यूयोर्क फेशन सप्ताहको उद्घाटन शोमा चर्चित डिजाइनर अर्चना कोचरका लागि र्याम्पमा हिँड्ने उल्लेख गरेकी हुन् ।
‘म एकदमै उत्साहित छु । मेरो सपना साँचो हुँदैछ । म आठ सेप्टेम्बर २०१६ मा अर्चना कोचरको ओपनिङ शोका लागि न्यूयोर्क फेशन सप्ताहमा एसएस १७ मा हिँड्दैछु ।’
पोर्न स्टार सनी लियोनीले ट्वीटरमा लेखेकी छिन्, ‘सपना साँच्चैभन्दा पूरा हुँदैछ । धन्यावाद अर्चना कोचर ।’ अर्चनाले पनि ट्वीट गरेर आफ्नो उत्साह प्रकट गरेकी छिन् ।
अर्चना कोचरले भनेकी छिन्, ‘काउन्टडाउन सुरू भएको छ । आठ सेप्टेम्बर, एनवाईएफडब्ल्यू १६, अर्चना कोचर, एनवाईडब्ल्यूएफ, एफटीएलएमओडीए, फेशन शो ।’ – एजेन्सी















प्रतिक्रिया