२ कार्तिक २०८३, सोमबार

पोखरामा मेगा एजुकेसन फेयर हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taruniपोखरा, २६ भदौ । वान अप इभेन्ट्स एण्ड मिडिया सोल्युसन्सको आयोजनामा भदौ २७ देखि २९ गतेसम्म पोखरामा ‘मेगा एजुकेसन फेयर’ आयोजना गरिने भएको छ ।

वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै आयोजना हुन लागेको शैक्षिक मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलेज र विश्वविद्यालयले सहभागिता जनाउने भएका छन् ।

एउटै थलोबाट विद्यार्थीले थुप्रै कलेज तथा युनिभर्सिटीको बारेमा जानकारी लिन सक्ने र ‘वैदेशिक अध्ययनका लागि चाहना राख्ने विद्यार्थीका मेला निकै प्रभावकारी रहने वान अपका प्रमुख कार्यकारी अधिकृत रविशङ्कर झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बङ्गलादेश, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्यूजिल्यान्ड, अस्ट्रेलिया, आयरल्यान्ड, नर्वे, फिनल्यान्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्कलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता हुनेछ ।

इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार

सिर्जनशील कलाकार समूह, कास्कीले कलाकार इशान परियारलाई सिर्जनशील युवा कला पुरस्कार, २०७३ बाट पुरस्कृत गरेको छ ।

एक दशकदेखि कला क्षेत्रमा योगदान दिएको भन्दै कलाकार परियारलाई नगद रु १० हजार र ताम्रपत्रसहित पुरस्कृत गरिएको हो ।

स्वतन्त्र पत्रकार सङ्घ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, अग्रज कलाकार दुर्गा बराल वात्स्यायन, क्षेत्रलाल कायस्थलगायतले परियारलाई शनिबार एक समारोहबीच पुरस्कृत गर्नुभएको थियो ।

पोखरा १५ टुटुँगा निवासी परियारले नेपाल, भारत, बङ्गलादेश, जापानजस्ता देशमा आफ्नो कला प्रदर्शनी गरिसक्नुभएको छ ।

बुबा सिद्धिरत्न शाक्य र आमा सेतुलीमाया शाक्यको स्मृतिमा विश्वरत्न शाक्य र उनका परिवारले २०६४ सालमा स्थापना गरेको यो पुरस्कार कला क्षेत्रमा क्रियाशील पोखरेली कलाकारलाई बर्सेनि प्रदान गर्दै आइरहेको छ । रासस