२८ कार्तिक २०८३, शनिबार

एमालेको स्थायी समिति बैठक बस्दै, केन्द्रीय कमिटीको एजेण्डा तयार गरिने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Baithakकाठमाडौं, २६ भदौ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र केन्द्रीय कमिटीको बैठक तयारी स्वरुप एमालेको स्थायी समितिको बैठक बस्दैछ ।

दिउँसो एक बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने बैठकमा समग्र मुलुकको राजनीतिक विषयमा छलफल हुनेछ ।

बैठकमा केन्द्रीय कमिटीमा पेश हुने एजेण्डा तयार गरिनेछ । बैठकमा संविधान संशोधनका विषयमा उठेका सवालमा पनि परामर्श हुने एक नेताले बताए ।

शनिबारदेखि सुरु भएको एमालेको स्थायी समिति बैठकमा सदस्यहरूले धारणा राख्न सुरु गरेका छन् । उनीहरूले आज पनि समसामयिक विषयमा धारणा राख्नेछन् ।

एमालेका अनुसार बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा यसअघि भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरिसकिएको छ ।