२८ कार्तिक २०८३, शनिबार

रक्सी पिउन आफ्नै घनिष्ट साथीले मलाई दुईपटक जिउँदै मारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-thapa

पाठकवर्ग माथिको शिर्षक पढ्ने बित्तिकै अचम्म पर्ने छन् भने लागेको छ । दुईपटक मानिस कसरी मर्छ ? मानिसको जुनी ८४ लाख बर्षमा आउने हो । मजाक त गरेको हैन ? भन्ने भान पनि पर्न सक्छ । मेरो जीवनको अत्यन्तै अविस्मरणीय़ घटना हो । घटना मैले आफ्नो बाल्यकाल बिताएको सुन्दर नगरी धरान को हो । कहिले भुल्न खोजे पनि सक्दिन, सक्नु पनि कसरी ? पाँच–छ बर्षदेखि करिब २५ बर्षसम्म बिताएको आफ्नो प्यारो शहर धरान ।

पहिलोपटक मोटरसाइकल दुर्घटना र दोस्रोपटक हर्टअट्याक भएर यसरी म आफ्नै साथीद्वारा जिउँदै मारिएको पो रहेछु । अत्यन्तै दुखित भएँ । र, किन यसरी गरेको होला भन्ने सोचेँ । आफैले त्यसको उत्तर पनि निकालेँ – रक्सीले खाएपछि मस्तिस्कले काम गर्न छोड्छ । मस्तिष्कले काम बन्द गरे के ठीक र के बेठीक जड्याँहाले छुट्याउन सक्दैन् । सम्भवतः मादक पदार्थले खोपडीमा गोबर भरिदिएको र त्यस्तो निच सोचाई स्वतः आएको हुनुपर्छ भनें ।

आफूले अति बिश्वास गरेको मित्र र केटाकेटी देखिकै लंगौटिया मित्रले मेरो नाम लिएर कैयौँपटक रक्सी पिएका रहेछन् । अचेल उनी विदेश गएको छु भन्ने सुनेको छु । मसँग सम्पर्कमा छैनन् । र, मैले उनको नाम लिने पक्षमा पनि छैन् किनभने कलम चलाउने भएकोले त्यो परिवेशको कुरा पाठकवर्गमा पस्कने मेरो जमर्को मात्र हो ।

पसलमा उधारोमा मेरो नाम लिएर बाँकी खातामा राखेका हैन् । मैले बिल तिरिदिन्छ भनेर टन्न पिएको पनि हैन् । रक्सी दिनहुँ पिउनुपर्ने । उनलाई रक्सी नखाइ निन्द्रा पनि नलाग्ने ट्वाटे भन्दा केही फरक नपर्ला । तर, हाल उनी सरिफ बनेका छन् । धन कमाउन विदेशमा छन् ।

नेपालमा हुँदा मैले पनि बियर पिउँथे । अमेरिकामा आएपछि त्यो भिष्मप्रतिज्ञा तोडियो । ह्वीस्कीदेखि सबै चल्छ अहिले त ।

मेरो साथी पििन बिबाह पछि सप्रे । गोधुली साँझमा घर पुग्थे । मदिरा लगभग बन्द भयो । खोया बिर्के गंगाको पानीमा चढाएको सुनियो । हामीले धज्जी उडाएर उनलाई राम एउटा असल केटा हो भन्ने गुरुहरुले हामीलाई अक्षर राम्रो बनाउनको लागि अभ्यास गराएको सम्झँदै उनलाई जिस्काएका थियौँ । हेर् ‘यो सप्रेको!’ खुब जिस्काउने गरेकोले सही नसक्नु भएछ, बिहेको केही महिनापछि उनले श्रीमतीसँग तामा छोएको तोडे । खोया बिर्केले मोहनी लगायो ।

गोधुली साँझमा पुग्ने उनी मध्ये रातमा घर पुग्न थाले । यो क्रम अझ तीव्र हुन थालेछ । उनले पहिला रक्सी खान्थे, पछि उनलाई रक्सीले खान थाल्यो । रक्सियासँग घर परिवारको पनि झगडा नहुने कुरै भएन । घर ढिलो जाने गरेपछि श्रीमतीलाई स्पस्टीकरण दिँदा दिँदा हैरान । बहाना सँधै बनाउथेँ । कहिले के भन्थे, कहिले के । र, श्रीमतीसँग माफी पाउथेँ ।

उनी मेरो सबैभन्दा नजिकको मित्र । म धरानबाट कामका लागि बाहिर गइरहने । उनको श्रीमतीसंग मेरो पनि चिनजान थिएन किनभने उनी मसँग अलि टाढिँदै गएका थिए । सँधै जाँड धोक्ने । स्वास्नीसँग बँच्न सबै उपाय सकिएपछि मेरो नाम लिँदै मेरो सानोको अति मिल्ने मित्र ,गुच्चा र डन्डी बियो खेल्ने साथी आज मोटरसाइकल दुर्घटनामा मरेछ, सहनै नसक्ने भो दुःख बिर्साउन पिएर आएकोसम्म भनेछन् । होला नि त भनेर उनकी श्रीमतीले माफी पनि दिइछन् । जाँड खाने मानिसलाई धेरै बहाना चाहिने हुँदा सम्भवत उनका सबै बहाना सकिएछन् होला । उनले मलाई मात्र होइन्, कहिले को म¥यो, कहिले को दुर्घटनामा प¥यो भन्ने बहाना बनाउँदै साथीभाइका नाममा रक्सी धोक्ने गर्दा रहेछन् ।

साथीभाईको नाम लिँदा लिँदा सायद सकिएछ होला । अर्कोपटक मेरो नाम लिँदै फेरि हृदयाघात भएर उ गएछ, असह्यै भयो, थाम्नै सकिन भनि फेरि रक्सी पिएको भनेर श्रीमतीलाई ढाँटेछन् । बिचरा भाउजुलाई के थाहा ? त्यो सब अभिनय र केवल झुटो कहानी ? संयोगबश मैले एक दिन मौका पाएँ उसको घर जाने । भाउजुसंग चिनजान गरेको त ‘तपाईँ फलाना हैन ? उहाले तपाईँ यो दुनियाँमा हुनुहुन्न भनेर रक्सी पिएर आउनुभएको थियो’ भन्ने सुन्दा त छाँगा बाट खसेको जस्तो भएँ । मलाई विश्वास त लागेन । तर, साथीप्रति घृणा उत्पन्न भयो । किनभने आफ्नो अत्यन्तै मिल्ने साथीलाई त्यस्तोसम्म भनेर जाँड धोक्न सक्ने मेरो मित्रलाई मैले सदाको लागि बिर्सनु उचित ठानेँ । त्यहाँबाट यथार्थता बुझेँ र कुलेलम ठोकेँ ।

केवल रक्सी पिउनका लागि मलाई दुईपटक जिउँदै मारेर उनलाई शायद केहि फाइदा भयो जस्तो मलाई लागेन । जीवन र जगतका कुरा मेरो मस्तिस्कमा उब्जन थाले । उनकी श्रीमतीले दोस्रोपटक रक्सी खाएर मातेर घर आउँदा त्यही मानिसको नाम लिँदा अस्ति मरेको हैन भनि प्रश्न गर्दा ईश्वरको कृपाले बाचेछ भन्दै पुनः मात्तिएर आएको कहानी सुनाउँदा अझ म झस्किएँ ।

पहिलोपटक मोटरसाइकल दुर्घटना र दोस्रोपटक हर्टअट्याक भएर यसरी म आफ्नै साथीद्वारा जिउँदै मारिएको पो रहेछु । अत्यन्तै दुखित भएँ । र, किन यसरी गरेको होला भन्ने सोचेँ । आफैले त्यसको उत्तर पनि निकालेँ – रक्सीले खाएपछि मस्तिस्कले काम गर्न छोड्छ । मस्तिष्कले काम बन्द गरे के ठीक र के बेठीक जड्याँहाले छुट्याउन सक्दैन् । सम्भवतः मादक पदार्थले खोपडीमा गोबर भरिदिएको र त्यस्तो निच सोचाई स्वतः आएको हुनुपर्छ भनें ।

हो, मैले एउटा मित्र यसरी गुमाउनु परेको कुरा पाठक वर्गलाई पस्कने साहस लिएको छु आज । र, मलाई विश्वास छ यस्तो घटना यहाहरुसँग पक्कै पनि घटेको छैन् । आफू जिउँदो हुँदाहुँदै आफ्नै घनिष्ठ मित्रद्वारा दुईपटक मारिएको कथा अमेरिकामा बिदेशीहरुलाई सुनाउँदा पेट मिचेर हाँस्दा हास्दै मुर्छा पर्ने गरेका छन् । यस्तो घटना चलचित्रमा कहिलेकाँही कहानी मिलेको जस्तो लाग्नु अलग कुरा हो । तर यस्तो पनि हुने रहेछ । सोच्दै नसोचेको कुरा हुँदा मित्रता अनि सम्बन्धमा केयौँ सवाल उब्जाइदिँदो रहेछ । र, यस्तो घटना कसैसँग पनि नघटोस् भन्ने कामना पनि गर्छु ।

लेखक अमेरिकामा पत्रकारिता गर्छन् ।