३१ आश्विन २०८३, शनिबार

भलिबलको लोकप्रियता बढाउन स्थानीय क्लबहरु सक्रिय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Volley-ball– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, २५ भदौ । डडेल्धुरा जिल्लामा भलिबल खेलको लोकप्रियता बढाउन स्थानीय क्लबहरु पछिल्लो समयमा सक्रिय हुदै गएका छन् ।

नेपालमा पछिल्लो समयमा भलिबल खेलको लोकप्रियता घट्दै गईरहेको अवस्थामा डडेल्धुरा जिल्लामा भने भलिबल खेलप्रतिको मोह बढ्दै गएको देखिन्छ ।

डडेल्धुरा जिल्लामा भौगोलिक हिसावले पनि भलिबल प्रतियोगिता संचालन गर्नका लागी सहज भएको र कम आर्थिक लगानीमा संचालन गर्न सकिने र जिल्ला भरिबाट स्थानीय क्लबहरुका टिमहरुको सहभागीता रहने भएकोले अन्य खेल भन्दा भलिबल प्रतियोगिता संचालनमा क्लबहरुको सक्रियता बढेको भलिबल खेलप्रेमी सन्तोष भण्डारीको भनाई रहेको छ ।

यो बर्षमात्रै डडेल्धुरा जिल्लाका स्थानीय क्लब तथा संघ संस्थाहरुले एक दर्जन भलिबल प्रतियोगिताहरुको आयोजनाहरु संचालन गरि सकेका छन् । विभिन्न संघसंस्थाहरुको पहलमा डडेल्धुरा जिल्लामा भलिबल प्रतियोगिता आयोजना हुने गरे पनि जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरिय एउटा पनि प्रतियोगिता संचालन गर्न नसक्नु नै भलिबल प्रतियोगिता प्रतिको लोकप्रियता घटनुको मुख्य कारण रहेको भलिबल खेलाडी जगत ऐरको भनाई रहेको छ ।

पहाडी जिल्लाहरुका लागी सवैभन्दा लोकप्रिय खेल नै भलिबल रहेकोले स्थानीय निकायहरुका साथै निजी लगानीकर्ताहरुसंग समन्वय गरि भलिबल प्रतियोगिताको नियमित अभ्यासका साथै प्रतियोगिताहरु संचालन गरिनु पर्ने खेलप्रेमीहरुको भनाई रहेको छ ।