१९ कार्तिक २०८३, बिहिबार

उपप्रधानमन्त्री महरा चीनतर्फ प्रस्थान

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Krishna-mahara-1

काठमाडौँ, २५ भदौ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा ‘तेस्रो चाइना– तिब्बत पर्यटन तथा संस्कृति प्रदर्शनी’ मा भाग लिन आज चीनतर्फ प्रस्थान गर्नुभयो ।

छ दिनसम्म तिब्बतको ल्हासामा चल्ने उक्त प्रदर्शनीको उद्घाटन गर्न उहाँ चीन जानुभएको उहाँका प्रेस सल्लाहकार त्रिभुवन पौडेलले राससलाई जानकारी दिनुभयो ।

उक्त सम्मेलन यही सेप्टेम्बर ९ तारिखदेखि १६ सम्म हुँदैछ । उद्घाटनलगत्तै उहाँ आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ । रासस