२८ कार्तिक २०८३, शनिबार

डा. गोविन्द केसी नवौंपटक अनसन बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Govinda KC

काठमाडौं, २५ भदौ । डा. गोविन्द केसीले आफ्ना माग पूरा नभए फेरि अनसन बस्ने घोषणा गरेका छन् ।

शनिबार एक विज्ञप्ति जारी गर्दै असोज २ गतेसम्म आफ्ना माग पुरा नभए ३ गतेदेखि नवौंपटक अनसन बस्ने बताएका हुन् । मेडिकल शिक्षामा भइरहेको विकृति हटाउनुपर्ने मागसहित यसअघि पनि उनी ८ पटक अनसन बसिसकेका छन् ।

शनिबार जारी गरेको विज्ञप्तिमा अहिले भइरहेको चलखेल रोकेर आफूले दिएको सुझाव सहित चिकित्सा शिक्षा ऐन पारित गर्न तथा लोकमानसिंह कार्की र राजनारायण पाठकमाथि महाअभियोग प्रक्रिया अगाडी बढाउनुका साथै सम्झौताका सबै बुँदा कार्यान्वयन गर्न माग गरिएको छ ।