– नवराज श्रेष्ठ
रामेछाप, २५ भदौ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान दुईचार जना नेताले वालुवाटारमा बसेर बनाएको आरोप लगाएका छन् ।
फाष्ट ट्याकको नाममा संविधानसभामा छलफल नै नगराई सबै प्रक्रियालाई निलम्बन गरेर जवर्जस्ती जारी गरेको वर्तमान संविधान आफूहरुलाई मान्य नहुने उनले बताएका छन् ।
यादवले वर्तमन संविधानले नेपाल र नेपालीको भावनालाई संवोधन गर्न नसकेकोले यसको संसोधन गरी नागरिकका भावना समेट्नु पर्ने बताए । संघिय समाजवादी फोरम रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले आपूmहरुले संविधानको पुर्नलेखन नभई संसोधनमात्र चाहेको बताए । संविधानमा संघियता, पहिचान, समावेशीता, निर्वाचन प्रणाली र शासकिय स्वरुपमा परिवर्तन हुनु पर्ने उनले बताए । संविधान परिवर्तनिय दस्तावेज भएको बताउँदै यादवले संविधान संसोधन नभए मुलुकमा ठूलो संकट आउने चेतावनी पनि दिए ।
पत्रकार सम्मेलनमा बोल्दै यादवले वर्तमान संविधान संसोधन नभएसम्म कार्यान्वयनमा नआउने र संविधान कार्यान्वयनमा नआएसम्म देश संघियताको अभ्यासमा जान नसक्ने बताए । संघियताको अभ्याशमा नगई स्थानीय निकायको निर्वाचन हुन नसक्ने पनि उनले बताए । उनले राष्ट्रिय मुद्दालाई संवोधन गर्ने गरी संविधान संसोधन गर्ने सर्तमा आपूmहरुले अहिलेको सरकारलाई समर्थन गरेको बताए । आपूmहरु संसदबाट नै सबैखालका समस्या समाधन हुन्छ भन्ने कुरामा विश्वस्त रहेको बताउँदै यादवले यसमा सबै दलले सहयोग गर्ने विश्वास व्यक्त गरे ।
संघिय समाजवादी पार्टी र मधेशी जनअधिकार फोरमको एकता सभालाई सम्बोधन गर्ने क्रममा यादव शनिबार मन्थली आएका हुन् ।












प्रतिक्रिया