काठमाडौँ, २५ भदौ । नेकपा (एमाले) १५ वडा पार्टी कमिटीको ११औँं अधिवेशन काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको प्रमुख आतिथ्यमा आज सम्पन्न भयो ।
काठमाडौँ जिल्ला कमिटी सदस्य एवम् सांसद रामवीर मानन्धर र क्षेत्रीय कमिटी अध्यक्ष राजेश शाक्यको उपस्थिति रहेको उक्त अधिवेशनले धावा रुम्बाको अध्यक्षतामा ५ सदस्य पछि थप गर्ने गरी २१ सदस्यीय कमिटी निर्माण ग¥यो ।
समितिको उपाध्यक्षमा लक्ष्मण शाही, सचिवमा नम्रता महर्जन र सहसचिवमा कृष्ण बहादुर खड्का चयन हुनुभएको छ भने सीता लामा, कृपा प्रधान, विष्णु श्रेष्ठ, तुलसी बज्राचार्य, जीवनबाबु श्रेष्ठ, योगेश मोक्तान, पुनम महर्जन, पुतली लामा, निसार उद्धिन, राम कपाली र ज्ञानु लामा सदस्य हुनुहुन्छ । रासस












प्रतिक्रिया