२ कार्तिक २०८३, सोमबार

हुलाकी राजमार्ग प्रथमिकतामा : मन्त्री लेखक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramesh-Lekhak (1)

राजविराज, २५ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले हुलाकी राजमार्गको निर्माण कार्य सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस सप्तरीद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अवरुद्ध हुलाकी सडकको निर्माण कार्यलाई द्रुतगतिमा अगाडि बढाइने प्रतिवद्धता व्यक्तगर्नुभयो ।

मन्त्री लेखकले सरकार हुलाकी सडक निर्माण कार्यमा देखिएका चुनौतीलाई समाधान र व्यवस्थापन गर्न प्रतिबद्ध रहेकाले यसको सफलताप्रति विश्वास गर्न आग्रहगर्दै गुणस्तरीय सडक निर्माणका लागि विभिन्न संयन्त्र परिचालन गरिएको जानकारी दिनुभयो ।

लामो समयदेखि अवरुद्ध सप्तरीको रुपनी–गाईघाट तथा छिन्नमस्तादेखि भारतीय सिमाना सम्म जोडिने सडकलाई समेत निर्माण गरिने पनि उहाँले बताउनुभयो । रासस