काठमाडौं, २५ भदौ । उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा मित्रराष्ट्र चीन जानु हुने भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रणका विषयमा परामर्श गर्न शनिबार अर्थमन्त्री महरा चीन जान लाग्नुभएको स्रोतले जनाएको छ ।
महराले चिनियाँ राष्ट्रपति सी जिङपिङको भ्रमणका विषयमा परामर्श गर्ने बुझिएको छ ।
माओवादी केन्द्र निकट एक उच्च नेताका अनुसार महराले चिनियाँ उच्च नेतृत्वसँग परामर्श गरेर राष्ट्रपतिको भ्रमणका विषयमा कार्यक्रम टुङ्गो लगाउने छन् ।
हालै मात्र चीनमा विशेष दूतको रुपमा पुगेर आएका महरा शनिबार अचानक त्यसतर्फ जान लागेकोमा अर्थपूर्ण रुपमा हेरिएको छ ।











प्रतिक्रिया