१९ कार्तिक २०८३, बिहिबार

मधेसका १ लाख युवालाई रोजगारी चाँहियो भन्दै महतोले भारत गुहारे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra-mahato

काठमाडौं, २४ भदौ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरी भारत भ्रमणको क्रममा सामेल गर्ने एजेण्डाको विषयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा महतोले मधेसका १ लाख युवालाई रोजगारीको अवसर जुटाई दिने एजेण्डा भारतसमक्ष राखीदिन अनुरोध गरेका छन् । उनले मधेसका युवालाई रोजगारी दिलाउन प्रधानमन्त्रीमार्फत भारत गुहारेका हुन् ।

उनले भारत सरकारको अति महत्वाकांक्षी योजना ‘स्किल डेभलपमेन्ट प्रोग्राम’संग नेपाललाई खास गरि मधेसका युवालाई जोड्न पहल थाल्न माग गरे ।

भेटमा प्रधानमन्त्रीले ज्ञापनपत्र बुझ्दै सरकारले जनता र राष्ट्रको हितमा दिने सुझावलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयन गर्ने पक्षमा रहेको बताउँदै दुई देशीय हित र सम्बन्धमा आफ्नो भ्रमण केन्द्रित रहने जानकारी गराए ।

relegerelege-1