काठमाडौं, २४ भदौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्लेले राजीनामा दिएका छन् ।
शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले राजीनामा पत्र बुझाएका छन् ।
ऊर्जामन्त्री जनार्दन शर्माको चर्काे दबाब र पछिल्लो राजनीतिक सहमति र बदलिँदो परिस्थितिलाई मध्यनजर गर्दै काफ्लेले राजीनामा दिएको बताइएको छ ।
राजीनामा दिन प्रधानमन्त्री प्रचण्डले पनि काफ्लेलाई आग्रह गरेका थिए । प्रधानमन्त्रीको आग्रहपछि आफूले परिस्थिती सहज होस् भनेर राजीनामा दिएको उनले बताए ।
यसअघि काफ्लेलाई राजीनामा दिन उर्जामन्त्री जनार्दन शर्माले मन्त्री भएकै दिनदेखि लगातार दबाब दिइरहेपनि उनले मानेका थिएनन् ।











प्रतिक्रिया