२ कार्तिक २०८३, सोमबार

धनगढीमा क्यान इन्फोटेक मेला हुने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Can-infotek-dhn

धनगढी, २४ भदौ । क्यान महासंघ कैलालीको आयोजनामा धनगढीमा राष्ट्रिय स्तरको क्यान इन्फोटेक (सूचना तथा प्रविधी) मेला हुने भएको छ । मेलामा काठमाडौका एक दर्जन वढी इलोक्ट्रोनिक सामाग्रीका विक्रेताहरुले स्टल राख्ने जनाइएको छ ।

क्यानका केन्द्रीय सदस्य तथा क्यान इन्फोटेक मेलाका संयोजक टेकराज पनेरुले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार असोज १४ देखि १८ गतेसम्म धनगढीको ओम प्यालेसमा क्यान इन्फोटेक मेला हुने भएको छ । मेलामा दशै तिहार लक्षित गरेर कम्प्युटर, ल्यापटप, मोवाइल, इन्भटर, इन्भटरका व्याट्री लगायतका इलोक्टोनिक सामाग्रीहरु विशेष छुटमा पाइने संयोजक पनेरुले वताए । मेलामा मर्केन्टाइल, सागर ग्रुप, क्यानन, एशियन व्याट्री, एक्साइड व्याट्री, सुक्याम, कामेल, जेटिइ मोवाइल लगायतका नेपालका आधिकारिक विक्रेताका सहित ६० वटा स्टल रहने छन ।

Can-infotek-dhn-1

काठमाडौमा २२ पटकसम्म आयोजना भइसकेको क्यान इन्फोटेक काठमाडौ वाहिर पहिलो पटक आयोजना हुन थालेको हो । मेलाको तयारीका लागि प्रचार, स्टल व्यवस्थापन, सुरक्षा, यातायात, आर्थिक संकलन, अथिति सत्कार, सांस्कृतिक समिति गठन भइसकेको प्रचार संयोजक हेमराज ओझाले वताए ।

Can-infotek-dhn-2लामा सुदूरपश्चिमका नौ जिल्लाबाट एक लाखको हाराहारीमा सहभागिता हुने अपेक्षा आयोजक पक्षले गरेको छ । सो अवसरमा स्थानीय र आधुनिक साँस्कृतिक कार्यक्रम पनि हुने वताइएको छ । मेलाका सहभागीको सहजताका लागि रेष्टुरेन्ट पनि राखिने संयोजक पनेरुले बताए ।

मेला सफल पार्न कैलाली उद्योग वाणिज्यसंघ लगायतका सरोकारवालासंगको छलफल पनि तिव्र वनाइएको पनेरुले बताए । मेला आयोजना हुन १७ लाख खर्च हुने अनुमान गरिएको छ ।