१९ कार्तिक २०८३, बिहिबार

भारतीय छडको कारोबार रोक्न आपूर्तिमन्त्रीको सिडिओलाई निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indian-chhad

भैरहवा, २३ भदौ । भारतीय छड ल्याई अबैध तरिकाले सीमावर्ति बजारमा विक्री वितरण गरेकोप्रति आपूर्ति मन्त्री दिपक बोहराले गम्भीर ध्यानकर्षण जनाएका छन् ।

समग्र मुलुक बजारको अनुगमनको कमाण्ड सम्हालेका आपूर्तिमन्त्री बोहराले उपभोक्ता ठग्ने मनसायले भारतीय कम्पनीका फलामे छडमा नेपाली उद्योगको टयाग लगाएर बेच्नु सरासर गलत र गैरकानुनि भएको जनाउदैं सीमावर्ति जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई तत्काल अनुसन्धान गर्न निर्देशन समेत दिए ।

निजामति दिवसको अवसरमा रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बोहराले कार्यक्रममा सहभागी कर्मचारी तथा सिडिओलाई निर्देशन दिदैं भने ‘यहांका केही छड उद्योगले भारतीय कमसल छडमा नेपाली उद्योगको टयाग लगाएर विक्री वितरण गरेको समाचार आएको छ । यस प्रति मेरो गम्भिर ध्यानकर्षण भएको छ । यो विषयमा तत्काल अनुसन्धान थाली त्यस्ता गलत कार्य गर्ने उद्योगलाई कारबाहि गर्न निर्देशन दिन्छु ।’

काठमाडौंमा करिब ३ करोडको अखाद्य खाद्यान्न सामग्री नष्ट गरेर चर्चामा आएका मन्त्री बोहराले यो वा त्यो बहानामा उपभोक्ता ठग्ने अधिकार कसैलाई नभएको समेत जनाए ।

यसैबीच मन्त्री बोहराले सन्चारकर्मीहरुसंग भिडियो सम्बादमा उद्योगको काम आफुले उत्पादन गरि गुणस्तर चेकजांच गराई विक्री वितरण गर्ने भएता पनि गोयन्का स्टिलले भारतीय छडमा आफ्नो टयाग लगाएर बेचेको मिडीयाबाट थाहां पाएको जनाउदैं त्यसतर्फ आफुले अनुसन्धान थाल्ने जनाएका छन् । मन्त्रीले भनेका छन्– “गैरकानुनी काम गर्ने कसैलाई पनि छाड्दिन । मैले त्यस्ता उद्योगको बारेमा अनुसन्धान थालेको छु । सिडीओलाई पनि कुनै कसुर नराखी कारबाहि बढाउन निर्देशन दिएको छु ।”

मन्त्री बोहराले सरकारले उपभोक्ता ठग्ने व्यपारीलाई ठेगान लगाउनेगरी नयां विधयक ल्याउन लागेको समेत जनाएका छन् । उनले भनेका छन नेपालको कानुन कमजोर भएकोले कालोबजारी र उपभोक्ता ठगी बढेको हो । अब कालोबजारी र उपभोक्ता ठग्नेलाई ठेगान लगाउनेगरी ५ वर्षदेखी १० वर्ष सम्म जेल र ५ लाख देखी २० लाख सम्मको जरिबाना सहित सजांय गरिनेगरी विधेयक ल्याउदैछु । उपभोक्ता मन्च नेपालले पनि गोयन्का स्टिलले उपभोक्ता ठग्नेगरी भारतीय छडमा आफ्नो ट्याग लगाएर बेचेकोप्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ । मन्चका अध्यक्ष लक्ष्मण बैदवार क्षेत्रीले जिल्ला बजार अनुगमन समिती तथा जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा निवदेन दिदैं गोयन्का स्टिलले उपभोक्ता ठगेको जनाउदैं तत्काल कारबाहि अगाडी बढाउन आग्रह गरेको छ ।

रुपन्देहीको गोयन्का स्टिलले भारतबाट छड आयत गरी सो छडमा आफ्नो टयाग लगाएर बेच्ने समाचार केही दिन अगाडी मिडीयाबाट बाहिर आएको थियो ।

विना ग्रेडका भारतीय छडमा यहांका केही उद्योगहरुले आफ्नो उद्योगको ट्याग समेत लगाएर विक्री वितरण गर्दा समेत जिल्ला बजार अनुगमन समिती भने मौन छ । भारतीय छडमा टयाग लगाएर विक्रीमा राखिएको छड भैरहवाको हार्डवेयरहरुमा छयाप्छप्ती पाउन सकिन्छ । सो छड उपभोक्ताहरुले गोयन्का स्टिलको छड भनेर किन्ने गरेका छन् । यसरी भारतीय छडमा आफ्नो टयाग लगाएर बेच्नु गैर कानुनी भएको सिद्धार्थ निर्माण सामग्री एशोसियसनका वरिष्ठ उपाध्यक्ष राजेश खरेल बताउंछन् ।

यस क्षेत्रकै सबैभन्दा ठूलो हार्डवेयर सिद्धार्थ हार्डवेयरका सन्चालक मनिस रुंगटाले गुणस्तरहीन भारतीय छडको कारण स्वदेशी छड विक्री वितरणमा समस्या परेको बताए । भारतीय छड सस्तो हुने हुदां उपभोक्ताले गुणस्तर भन्दा मूल्य सोधेर किन्ने गर्दा समस्या परिरहेको जनाए ।

यता रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले गोयन्का स्टिलको सम्बन्धमा अनुसन्धान थालिएको जनाए ।