२८ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्री प्रचण्डले संसदबाट जनतालाई यसरी ‘बेवकुफ’ बनाए, सोझै झुटको खेती

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda3-600x330

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विहीबार विहान व्यवस्थापिका संसदबाट राष्ट्रका नाममा सम्बोधन गरे ।

झण्डै एक घण्टा बोलेका प्रचण्डले ४८ बुँदा पढेर आफ्नो सम्बोधन सके । ४८ बुँदे सम्बोधनमा प्रचण्डले अघिल्लो सरकारभन्दा पनि ठूला र राम्रा योजना र सपना देखाए । भूकम्प पीडितलाई ८ लाख रुपैयाँ सहयोग गर्ने घोषणा पनि गरे । जून राम्रो कुरा थियो ।

तर, त्यसमा एउटा बुँदा भने तत्काल गर्नै नसकिने थियो । त्यो थियो नामांकन विना घोषणा गरिएका प्रदेशको राजधानीको टुंगो नै नलागेका बेला सातवटै प्रदेश सदरमुकाममा एकीकृत सरकारी सेवा भवन निर्माणको काम तत्काल सुरु गर्ने घोषणा ।

प्रचण्डको सम्बोधनको यो ३४ नम्बर बुँदाले उनले जनताका प्रतिनिधिको हाउसबाट सारा जनतालाई ‘बेवकुफ’ बनाएको देखियो । तत्काल सम्भव नभएको कुरालाई उनले तत्काल काम सुरु गर्ने घोषणा गरे । जून सरासर झुट थियो ।

एउटा प्रचण्ड झुठ !

प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधनको ३४ नम्बर बुँदामा भनिएको छ- ‘सातै प्रदेश सदरमुकाममा बहुतले एकीकृत सरकारी सेवा भवन निर्माणको काम तत्काल सुरु गरिने छ ।’

टिप्पणी:

भवन निर्माणको काम ‘तत्काल’ सुरु गर्न प्रदेश सदरमुकाम रहने ठाउँको एकीन ‘तत्काल’ हुनुपर्यो । प्रदेशको सदरमुकाम कहाँ हो ? प्रदेश सदरमुकाम त प्रदेश सभाले तोक्ने भनिएको छ संविधानमा । प्रदेश सभा बनाउन प्रदेशको निर्वाचन गर्नुपर्ला । प्रदेश सदरमुकाम नै नतोकिएको अवस्थामा भवन निर्माणको काम ‘तत्काल’ सुरु गर्न कसरी सम्भव छ ?

नामांकन विना मुलुकमा सात प्रदेश घोषणा गरिएको भएपनि मधेसी मोर्चा, थरुहट पक्षधरका नेताहरु सीमांकन परिवर्तन हुनुपर्ने माग गर्दै आएका छन् । भने, दलहरुबीच नामांकन र प्रदेश राजधानी  कहाँ बनाउने भन्नेबारे सहमति समेत हुन सकेको छैन । प्रदेश सदरमुकाम प्रदेश सभाले तोक्ने संविधानमा व्यवस्था छ । प्रदेश सभाका प्रदेशको निर्वाचन गर्नुपर्ने हुन्छ । जुन तत्कालै सम्भव छैन् ।

यस्तो छ सम्बोधनको ३४ नम्बर बुँदाः

34-pm-speech