२ कार्तिक २०८३, सोमबार

नेपालीले नै यसरी बनाए अंगुरको वाइन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

wineकाठमाडौं, २३ भदौ । नेपाली उत्पानमा सतप्रतिशत अंगुरको जुसबाट बनेको शुद्ध वाइन बजारमा आएको छ ।

यूनिभर्सल वाइन इन्डष्ट्रिज प्रा.लि. को उत्पादनमा हार्भेष्ट मुन स्वीट रेड/व्हाइट ४ लिटर (पारीवारीक जमघट एवं पार्टीका लागि उपयुक्त) र डिलाइट स्वीट रेड/व्हाइट ७५० मि.लि. वाइन बजारमा आएको हो ।

खाद्य तथा पेय पदार्थको उत्पादनमा १५ वर्षको अनुभव प्राप्त व्यक्तिद्धारा विशेष प्राविधिकको प्रत्यक्ष निगरानीमा उत्पादीत वाइनमा अल्कोहलको मात्रा ११.५ प्रतिशत रहेको छ ।

दुई करोड रुपैयाँको लगानीमा काभ्रेपलाञ्चोकमा उद्योग स्थापना गरी अत्याधुनिक तथा पूर्णतया स्वचालीत मेसिनबाट वाइन उत्पादन हुने यूनिभर्सलका संचालन रविन जोशीले जानकारी दिए ।

नेपाली उत्पादनलाई गुणस्तरिय र सर्भशुलभ बनाउनका लागि आफूहरूले वाइनलई थप अपग्रेट गर्दै लाने समेत उनले बताए ।

हाल काठमाडौं उपत्यकामा भिगोर इन्टरनेसनल प्रा.लि. ले यसको बिक्रि वितरण गर्दै आएको छ ।